शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

पालिका संचारकर्मी
९ कार्तिक २०८१, शुक्रबार १०:५४

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।