सिन्धुलीमा करेन्ट लागेर मृत्यु

पालिका संचारकर्मी
२१ श्रावण २०७९, शनिबार १५:४९

 

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीमा करेन्ट लागेर ३५ वर्षीय तीर्थबहादुर श्रेष्ठको शनिबार मृत्यु भएको छ ।

वाक्सुखोला जलविद्युत आयोजनाबाट संचालित विद्युतको पोल ढलेर बाटोमा झोल्लिएको तारमा अल्झिँदा श्रेष्ठलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।