मोटरसाइकको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन

पालिका संचारकर्मी
२१ श्रावण २०७९, शनिबार १६:१८

 

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा शुक्रबार मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युपछि आन्दोलन गरिएको छ । महिलाका आफन्तहरुले शनिबार दिउँसो आन्दोलन गर्दै यातायातका साधनहरु बन्द गराएका थिए ।

आफन्तहरुले पीडकलाई कारबाही र उचित क्षतीपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले आफ्न्तहरुले आफ्नो माग पुरा गरिपाउँ भन्नका लागि आन्दोलन गरेको बताए ।

उनले भने, ‘उहाँहरुले यातायात बन्द गर्ने खोज्नु भएको थियो, प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको थियो, दुबै जनालाई सम्झाएर छोडिसकेका छौंँ । सवारी साधन पनि चलेका छन्, त्यस्तो कुनै समस्या छैन् ।’

शुक्रबार दिउँसो तीन बजेको समयमा रत्न रनजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकले महिलाले ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाइते भएकी थिइन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको थियो ।

प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का २० वर्षीया बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ ।