कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द
भोजपुर । कोराना भाइरस (कोभिड १९) बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै छ दिनको लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र बिद्यार्थीहरुमासमेत कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य कार्यालय कार्यालय भोजपुरका अनुसार यहाँ सबै भन्दा धेरै ५५ जनामा कोराना देखिएको छ । मंगलवारसम्म जिल्लामा ५८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
गाउँपालिकाको निर्णय अनुसार श्रावण २४ गतेबाट आगामी २९ गतेसम्म सम्पूर्ण बिद्यालयहरु बन्द गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।