श्रीमान्-श्रीमतीको झगडाले परिवार नै सखाप
धनगढी । बझाङको बुंगल नगरपालिका–९ रारुका पुष्कर पार्की भारतमा रोजगारी गर्दै आएका थिए । रोजगारीकै सिलसिलमा भारतमा रहेका बेला केही वर्ष अघि उनको भेट बित्थडचिर गाउँपालिकाकी गीता पार्कीसँग भयो । दुवै जनाबीच प्रेमपछि परिवारकै सल्लाहमा विवाह पनि भयो ।
विवाह गरेपछि पनि पुष्कर रोजगारी गर्न भारततिरै गए । सवारी चालक समेत रहेका उनी केही महिना भारतमा काम गर्ने र केही महिना घर आएर बस्ने गर्थे । पुष्कर र गीताका दुई छोराछोरी थिए, श्रीमान–श्रीमतीबीचको सम्बन्ध राम्रै थियो ।