बालुवाटारमा ८ दलको बैठक सुरू

पालिका संचारकर्मी
२१ फाल्गुन २०७९, आईतवार १७:१२

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि एक स्थानमा उभिएका आठ दलको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, राम पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् ।

बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसहितको विषयमा छलफल हुनेछ ।