रुखबाट लडेर मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ३, लावती निवासी ५२ वर्षीय रामकृष्ण थिङको रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान घर नजिकै डुम्रीको रुखमा चढेर डाले घाँस काटेपछि ओर्लने क्रममा हाँगा भाँच्चिएर लडेका थिङको उपचारार्थ अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
उनका आफन्तसमेत रहेका पदम तामाङका अनुसार उपचारको क्रममा मनहरी अस्पताल ल्याइएपछि थिङलाई मृत घोषणा गरिएको थियो । घटनालगत्तै घाइतेलाई अस्पताल पुर्याउन समयमै एम्बुलेन्स नपाएको गुनासो तामाङको छ । रुखबाट लडेका मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।