भूकम्प पीडितलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
मङ्गलवार भूकम्प पीडितको सहायताका लागि बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ मङ्गलवार ट्रान्सफर गरेको हो ।
बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।