२०.६७ अंकले बढ्यो नेप्से

पालिका संचारकर्मी
६ मंसिर २०८०, बुधबार १६:०७

काठमाडौं । बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ को विन्दुमा कायम भएको हो ।

नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.०३ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.४९ प्रतिशतले बढेको छ । दोस्रोमा हाइड्रोपावर उपसूचक २.३६ प्रतिशतले बढेको छ ।

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, थ्रिस्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।