नेप्से २१ सय विन्दु पार, ५ अर्ब ९८ करोडको कारोबार
काठमाडौं । बजार परिसूचक नेप्सेले २१ सय विन्दु पार गरेको छ।
मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार थप ४५.९८ अंकको वृद्धि हुँदै २१०६.४८ अंकमा उक्लिएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ।
कुल १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर ५ अर्ब ९८ करोड बढी रुपैयाँमा कारोबार भएको छ।
सेयरबजारमा आज १८३ कम्पनीको सेयर मूल्य पनि बढेको छ। ५३ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको दिन बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नति लघुवित्त, शिवम् सिमेन्टलगायतका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्।
आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ ।