२४ घण्टापछि समातियो मान्छे मार्ने बाघ

पालिका संचारकर्मी
१८ श्रावण २०८१, शुक्रबार ११:०७

 हेटौंडा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका२ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई शुक्रबार नियन्त्रणमा लिएको छ।
बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो।

बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

यसअघि बाघलाई ड्रोनबाट हेरिएको थियो।