बागमती ईभी गाडी दुर्घटना अपडेटस् ३ जना घाइते, अवस्था मध्यम

पालिका संचारकर्मी
२० आश्विन २०८१, आईतवार १०:३१

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका सात्तले स्थित मदनभण्डारी लोकमार्गमा इलेक्ट्रीक गाडी (ईभी) दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

काठमाण्डौबाट धरान तर्फ जादै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ गाडी (भ्यान) आफैं अनियन्त्रित भई सडक छेउको नालामा खसेर पल्टिँदा १ जना चालक र २ जना यात्रु घाइते भएका हुन्।

घाइते हुनेमा चालक धनकुटा जिल्ला बुद्ध नगरपालिका१, हिलेका ५२ वर्षीय देवी थापा, बुद्ध नगरपालिकाकी ३० वर्षीय प्रमिला तामाङ र काठमाण्डौ चावेलकी ४८ वर्षीय बिना तामाङ लामा रहेका छन्।

गाडीमा चालक सहित १२ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए। हेटौंडाको चुरेहिल अस्पतालमा उपचारत घाइतेहरुको खुट्टा, टाउको र शरीरमा चोट लागेको तर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।यस्तै, प्रहरीका अनुसार अन्य यात्रुहरु सकुशल रहेको र बाटो अबरोध छैन।