९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँः उपसभापति अर्याल

पालिका संचारकर्मी
१३ कार्तिक २०८१, मंगलवार १३:४०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डीपी) अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गरेका छन् ।

बालुवाटारमा जारी सडक प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सो कुरा बताएका हुन् । यसका लागि एउटा प्राधिकरण बनाउनुपर्ने उल्लेख गरे ।
‘सरकारले प्राधिकरण बनाओस् त्यसमा हामीलाई पनि राखोस्‚’ उनले भने‚ ‘सबै त भन्दिन तर‚ ९० दिनभित्र बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ ।’

उनले पाँच लाख मुनिको बचत फिर्ता गर्ने आधार आफूहरूले गएको बजेटमै दिएको पनि उल्लेख गरे ।