मकवानपुर बस दुर्घटनाः यी हुन् ३५ घाइते (विवरण)
काठमाडौँ । महोत्तरीका लागि छुटेको बस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ ।
बुधबार (आज) बिहान ४ बजेतिरको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित समिडाँडामा सडकबाट करिब १० मिटर तल खस्दा घाइते भएकाहरूको पहिचान खुलेको हो । प्रदेश २–०३–००१ ख ३६२९ नम्बरकोे आज बिहान आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साईडमा पल्टिई दुर्घटना भएको हो ।
दुर्घटनामा ३५ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइतेहरूमा बसका सहचालक महोत्तरी जलेश्वर नगरपालिका–२ बस्ने २० वर्षका असख साझी (टाउकोमा चोट), महोत्तरी मटियानि नगरपालिका–७ बस्ने २४ वर्षको हरिशंकर प्रसाद मण्डल (हातमा चोट), महोत्तरीकै जलेश्वर नगरपालिका–९ बस्ने वर्ष २४ को राजकुमार साह (टाउको र हातगोडामा चोट), सोही स्थानका २८ वर्षका अनु राय (टाउको र हातमा चोट), उनकी श्रीमती २१ वर्षीया खुसी कुमारी पाण्डे (खुट्टामा चोट), धनुषाको जनकपुर उपमहानगरपालिका–१३ बस्ने भीमा ठाकुर (दुवै खुट्टामा चोट) र महोत्तरी बगाह नगरपालिका–१ का ६१ वर्षको दिनेश चौधरी (ढाड र पेटमा चोट) रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।
यस्तै धनुषा जनकपुर–९ बस्ने वर्ष ६० को सरोज झा (टाउकोमा चोट), सोही स्थानकी ९ वर्षकी समृद्धि झा (टाउकोमा चोट), ४२ वर्षका किरण झा (टाउकोमा चोट), ४७ वर्षका सञ्जीव झा, १८ वर्षका अनुप झा, सोही स्थानका २८ वर्षका राजु साह (टाउको र हातमा चोट) र वर्ष २५ की रुद्रानी राज (बायाँ हातमा चोट) को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै अन्य घाइतेमा भारतको सीतामणि पिपराथान बस्ने वर्ष ५५ का बेचन महत्तो (घाँटीमा चोट) धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ बस्ने वर्ष ३४ का सुन्दर साह (टाउकोमा चोट), उनका छोरा वर्ष ५ का विराज साह (हातमा चोट), सोही स्थानका १२ वर्षका राज साह (हातमा चोट), १४ वर्षका काजल साह (हातमा चोट) रहेको प्रहरीले जनाएको छ। यसैगरी जनकपुर–१३ बस्ने वर्ष २७ का रामभरोस साह (टाउको ढाडमा चोट) धनुषाको बटेश्वर गाउँपालिका–३ बस्ने वर्ष ३७ को रामकृष्ण सिंह (गोडामा चोट), सोही स्थानका ५ वर्षका प्रतीक सिंह, १० वर्षकी कृति सिंह र २९ वर्षका सुजित कुमार महतो पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै अन्य घाइतेमा धनुषा नकराइन गाउँपालिका–६ बस्ने वर्ष २३ का रमेश कुमार ठाकुर (बायाँ हातमा चोट) मिथिला नगरपालिका–६ बस्ने वर्ष २१ का मनोज महत्तो (टाउकोमा चोट), धनुषा घर भई हाल काठमाडौँ बस्ने वर्ष २४ की रमा केसी (टाउकोमा चोट) र धनुषा बटेश्वर नगरपालिका–३ बस्ने वर्ष ३३ की इन्दिरा कुमारी महतो (छाती र ढाडमा चोट) रहेको मकवानपुर प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए। उनीहरू हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।
यस्तै धनुषाको औराही गाउँपालिका–१ बस्ने वर्ष ३५ को रोशन कुमार यादब (टाउको र घाँटीमा चोट), भारत प्रदेश बिहार मध्यवानि बस्ने वर्ष ४९ को श्याम कुमार ठाकुर (खुट्टामा चोट) र भारत बिहार प्रदेश दभंगा बस्ने वर्ष ४४ को प्रमोद कुमार शर्मा (दायाँ कानमा चोट) घाइते भएका छन्। उनीहरूको मनहरीस्थित मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै थप घाइतेहरूमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बस्ने २० वर्षकी रञ्जना मगर (हातमा चोट), काठमाडौँ महानगरपालिका–३१ बस्ने ६० वर्षकी विना देवी (टाउकोमा चोट), सोही स्थानका २२ वर्षका सोनम साह र ३४ वर्षका अनुपम साह जैसवाल रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जना भने हेटौँडा अस्पतालमा उपचारपश्चात् गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
बसका चालक महोतरी पिपरा गाउँपालिका–२ बस्ने अन्दाजी ३७ वर्षका जय किशोर कापर भने सकुशल रहेको प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए। उनका अनुसार चालक कापरलाई प्रहरीले निणन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।