मकवानपुरमा अफिम कारोबार गरेको ठहर गर्दै दुई जनालाई १५ः१५ वर्ष कैद
हेटौंडा । अफिम कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले दुई अभियुक्तलाई जनही १५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती दुई अभियुक्तलाई जनही ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबार बसेको इजलासले थाहा नगरपालिका–८ काभ्रेका ५४ वर्षीय तेजबहादुर थिङ र थाहा नगरपालिका–११ टिस्टुङका ४३ वर्षीय शरण थिङलाई अफिम कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
थिङद्वयलाई प्रहरीले २०८० चैत १० गते हेटौंडा उपमहानगरपालिका१० दिलखुश खाँजा घरबाट २ केजी अफिमसहित पक्राउ गरेको थियो । अदालतले दोषी ठहर गरेका दुवै जना अहिले सात महिनादेखि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।