रातोमाटेबाट ३१ किलो गाँजासहित दुई जना पक्राउ
हेटौंडा । हेटौंडाको रातोमाटेबाट करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
बिहीबार बिहान (आज) हेटौंडाउपमहानगरपालिका–१५, रातोमाटेबाट करिब ३१ किलो अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा मनहरी नगरपालिका७ का ३३ वर्षीय शंकर स्याङ्तान र ४० वर्षीय रामशरण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडि भागमा लुकाइछिपाइ राखेको गाँजा बरामद गरिएको प्रहरीले जनकारी छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।