एमाले नेताको यौन उत्पीडनमा परेकी युवतीद्वारा अदालतअगाडि आत्मदाह प्रयास

पालिका संचारकर्मी
५ मंसिर २०८१, बुधबार १२:०१

काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष ऐन महरद्वारा पीडित भनिएकी सुदूर पश्चिमकी बिबाहित महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहको प्रयास गरेकी छन् ।

बझाङ्गे युवा नेता महरले लामो समयसम्म आफूलाई बिहे गर्छु भनी यौन शोषण गर्दै आएको उजुरीसहित पार्टी अध्यक्ष केपी ओलीसमक्ष पटकपटक रुन बालकोट गएकी उनी आफ्ना कुराको सुनुवाइ नभएपछि साइबर ब्युरो र अदालत धाएकी थिइन् ।

आफै पनि बिबाहित महरलाई एमालेले एक महिने निलम्बन तुरुन्तै फुकुवा गरी पछिल्लो उपचुनावमा सघाउन बझाङ्ग पठाएको थियो ।