मकवानपुरमा हाइटेन्सन तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु, एक जना घाइते

पालिका संचारकर्मी
१४ मंसिर २०८१, शुक्रबार ११:१५

हेटौंडा । मकवानपुरमा हाइटेन्सन तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबास ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुईमा लत्रिएको नाङ्रगो तारमा करेन्टको झट्का लागि स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो ।

उक्त तारमा करेन्ट लागी मृत अवस्थामा निजलाई लडिरहेको अवस्थमा देखि तत्काल स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए । यसैगरी यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घरबाट मनहरी तर्फ आउने क्रममा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।