नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने
काठमाडौं । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डले जनाएको छ ।
सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार सात दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुनेछ । यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
पोखरेभीरको मोड सुधारका लागि यस अवधिमा नौबिसेबाट गजुरी छिर्ने ठूला गाडीलाई गल्छी–बैरेनी र हलुका गाडीलाई जरेखेतमा रोकिनेछ मलेखुतर्फबाट नौबिसे छिर्ने ठूला गाडीलाई चालिसे र हलुका गाडीलाई घाटबेँसीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।