नागार्जुनमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

पालिका संचारकर्मी
२६ पुष २०८१, शुक्रबार १६:४८

काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।जेसीबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय कार्यालय केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।