मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य
काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न सेवा सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ ।
सम्झौता बमोजिम मुक्तिनाथ बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट पाउने भएका छन् ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
मुक्तिनान बैंकले प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ्ग, आस्वा सेवा, लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
Source:khabarhub.com