भ्रष्टाचारलाई गुपचुप र सामसुम पार्ने गतिविधि, पुरानै सत्ताको नयाँ संस्करण
भ्रष्टाचारले देश र समाजलाई खोक्रो पारिरहेको छ । यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा नागरिक स्वतन्त्रता नै गम्भीर खतरामा पर्दै गएको छ । नेपाल एउटा भ्रष्ट देश हो भन्ने कुरा संसारभरी नै फलिएको छ ।
भ्रष्टाचार कमिशनखोरी र तस्करी नै हाम्रो राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सँस्कृतिको प्रमुख विषय बनिरहेको स्थिति व्याप्त छ । यो भयावह महारोगले हाम्रा विकास योजना परियोजना मात्र होइन, सत्ता र त्यसको वरिपरीका मुठ्ठीभर मानिसहरुको मनोग्रन्थीलाई नराम्ररी गाँजेको छ । त्यसैका लागि उनीहरु निरन्तर सत्ताको दुरुपयोग गरेर विलाश र वैभब बटुल्न जिउज्यान छोडेर लागि परेका छन् । जसले जति लुट्न सक्छ लुट्ने काम भइरहेको छ ।
पहिलेदेखि नै अनियमितता, भ्रष्टाचार, कर छली स्वीस बैंकमा अकूत सम्पत्ति अबैध किमिसनले राख्ने प्रकरणहरुलाई बिर्सन सकिँदैन ।
हुन पनि एनसेलले कर छलेको ६३ अर्ब, स्वीस बैंक प्रकरणको ५२ अर्ब, चमेलिया जलबिद्यूत २३ अर्ब, ४ जी बितरण ११अर्ब, वाईडबोडी बिमान प्रकरण ६.५९ अर्ब बिनोद चौधरी कर छुट प्रकरण ६ अर्ब, सिण्डीकेट बार्गेनिङ्ग ५ अर्ब, लोकमान सिंह कार्की प्रकरणमा ५ अर्ब, भृकुटी मण्डप ठेक्का प्रकरण ५ अर्ब, म्यानपावर प्रकरण ४ अर्ब, मध्य पहाडी लोकमार्ग प्रकरण ३.२ अर्ब, माथिल्लो तामाकोशी ३ अर्ब, हुलाकी मार्ग प्रकरण ३ अर्ब, मेलम्ची खानेपानी प्रकरणमा ३ अर्ब, लाइसेन्स छपाई प्रकरण २.५ अर्ब ३८ कुइण्टल ३३ किलो सुन प्रकरण २ अर्ब, हिमालय एयरलाईन्स प्रकरण १.५ अर्ब समेत धेरै यस्ता भ्रष्टाचारका प्रकरणहरु चलेका छन् । यो सूची अझ लामो हुन सक्तछ । यस प्रकारको भ्रष्ट प्रवृत्ति तत्काल अन्त्य नितान्त आवश्यक छ ।
विश्वमा आज जैबिक, रासायनिक, परमाणबिक, आणबिक अनेक किसिमका अत्यन्तै घातक र खतरनाक शस्त्रास्त्रको उत्पादन र बितरण रोकिएको छैन ।
अन्यथा देश भ्रष्टाचारी, माफिया, तस्कर र कालाबाजरीया बाहेक अरु कसैको हुनेछैन । यो एकदमै प्रष्ट भइसकेको र भइरहेको कुरा हो । यसका बिरुद्ध सम्पूर्ण जनता उठ्नु पर्छ र लड्नै पर्छ । बेरोजगारी, महँगी, भोकमरीको अन्त्य गर्नका लागि भएपनि भ्रष्टाचारको यो डरलाग्दो महारोगका बिरुद्ध लड्नु त्यत्तिकै आवश्यक छ ।
तर भन्न र सुन्नलाई यी कुरा जति सजिलो र सरल लाग्छ ब्यवहारमा यो लडाईलाई खरो उत्रने काम भने कम कठिन छैन ।
किनभने वर्षौंदेखि हामीले, हाम्रो समाजले यस्ता राम्रा कुरा भन्दै सुन्दै आएको छौं तर न भ्रष्टाचार घटेको छ न रोजागारी बढेको छ । न भोकमरी र अभाव नै समाप्त भएको छ । केवल सस्तो प्रचारबाजी र पाखण्ड प्रदर्शन गर्ने काम मात्रै हुँदै र गरिँदै आएको छ ।
यसले के प्रष्ट हुन्छ भने यी समस्यालाई ‘ब्यापार ब्यवसाय’ बनाएर सत्तामा पुग्ने र अनि तिनै भ्रष्ट र गलत प्रकृयालाई चालू राख्ने प्रपञ्च भइरहेको छ र त्यसलाई हामीले स्वीकारी रहेका छौं । समाजका सर्बसाधारण मानिस पनि ती कुरा सुन्न अभ्यस्त भइरहेका छन् । त्यसैले तिनको अन्त्य ब्यवहारमा परिणत भएको देख्न पाइरहेका छैनन् ।
अनि यी समस्या निराकरण गर्ने कुनै ठोस, वस्तुगत र ब्यवहारिक कदम चालिएको छैन र चालिने लक्षणहरु पनि अहिलेसम्म देखिएका छैनन् । बरु गुपचुप राख्ने सामसुम पार्ने गतिविधि नै निरन्तर हुँदै आएका छन् । बिरोधीहरुको मान मर्दन गर्ने हिसाव किताब गरेर मात्र यदाकदा कदम चालेर सस्तो लोकप्रियता बटुल्ने र नयाँ किसिमले पुनः भ्रष्ट गतिविधिहरुलाई चालूराख्ने काम निरन्तर हुँदै आएको छ ।
बास्तवमा यस्तो किन भइरहेको छ भने हामीले जनताले अपेक्षा गरेको परिबर्तनको प्रतिनिधित्व गर्ने राजनीतिक अभ्यास, संस्कार र सँस्कृतिको निर्माण गर्न पटक्कै सकेका र सिकेका छैनौ । त्यसले गर्दा पुरानै, असान्दर्भिक, त्याज्य र भ्रष्ट सत्ता शक्तिकै नबीन सँस्करण मात्र चलाइरहेका छौ । फलतः जनताले परिवर्तनको बोध त के त्यसको कुनै गन्धसम्म पाउन सकेका छैनन् ।
राजनीतिमा जतिसुकै ठूलो परिबर्तन भएको मानिए पनि सत्य बोल्नेहरुले निकाल्ने जीवन्त र कटु यथार्थ यही नै हो । त्यसैले राजनीतिक दलहरु र दलीय प्रणाली नै जनताको अविश्वासको तारो बन्न थालेको छ । यस स्थितिबाट बाह्य र आन्तरिक प्रतिकृयाबादी शक्तिले आफ्नो ठाउँ बनाउने आधार पाइरहेको प्रतीत हुन्छ ।
अमान्य र अस्वीकार्य स्थितिले गर्दा हामीले हाम्रो भावी पिढीको भविष्यलाई दिनानुदिन खतरामा पारिरहेका छौ र खेलबाड भइरहेको छ । अनि लगातार प्रकृतिलाई पनि अवाञ्छित किसिमले दोहोन गरेर यसका अधिशासित नियमहरुलाई उलंघन गरिहेका छौं ।
वस्तुतः कस्तो लाग्छ भने आज हाम्रो देश आन्तरिक र बाह्य दुबै किसिमले सबै किसिमका भ्रष्टाचारको अभिन्न अंग बनेको छ । फलतः आज नेपाल र विश्वकै कमजोर आय वर्गका बहुसंख्यक जनता गरीब, निमुखा,असक्त र कमजोर छन् । अनि उनैमाथि नै कुपोषण, बिमारी, बेरोजगारी, असुरक्षा जस्ता कुरा ठूलो अभिशाप बनिरहेका छन् । विश्वका तीन अर्ब जनता आज पनि गरीबीको रेखामुनि छन् भनेर संयुक्त राष्ट्र संघले नै तथ्यांक दिएको छ । सहश्राब्दी लक्षले पनि यी समस्या समाधानका लागि एक दुइ अपबाद बाहेक कतै कुनै सिन्को भाँचेको देखिदैन । यसरी हाम्रो देश लगायत विश्वकै असंख्य बहुसंख्यक जनताको स्थिति नाजुकबाट अझ नाजुकतर बन्दै गएको छ ।
हुन त तेश्रो विश्व युद्ध टरेको भनेर एकथरीले सन्तुष्टी प्रकट पनि गर्दै आएका छन् । तर विश्वमा आज जैबिक, रासायनिक, परमाणबिक, आणबिक अनेक किसिमका अत्यन्तै घातक र खतरनाक शस्त्रास्त्रको उत्पादन र बितरण रोकिएको छैन । विश्वमा हतियारको ब्यापार सबैभन्दा फाइदाजनक रहेको बताइन्छ । आतंकबाद र प्रतिआतंकबादको जुन माहोल विश्वमा उत्पन्न गरिएको छ त्यसले मानबताका बिरुद्ध उत्पात मच्चाइरहेको छ । त्यसले गर्दा कुनै पनि बेला कहि पनि भयंकर ठूलो युद्ध भड्किन सक्ने र निर्दोष मानिसहरुको जीवन लीला समाप्त हुने भयंकर भयावह स्थिति ब्याप्त छ ।
यस्तो अमान्य र अस्वीकार्य स्थितिले गर्दा हामीले हाम्रो भावी पिढीको भविष्यलाई दिनानुदिन खतरामा पारिरहेका छौ र खेलबाड भइरहेको छ । अनि लगातार प्रकृतिलाई पनि अवाञ्छित किसिमले दोहोन गरेर यसका अधिशासित नियमहरुलाई उलंघन गरिहेका छौं ।
प्रकृतिमाथिको यो छेडछाडले नयाँ नयाँ रोग ब्याधी, बाढी पहिरो, तापक्रम बृद्धि, जलवायु परिवर्तन, प्रदुषण आदिले मानब समाजलाई घेराबन्दीमा पारिसकेको छ । फलतः हामीले भाबी सन्ततिका लागि एउटा सुन्दर, शान्त, प्रदुषणबिहीन समाज छोडेर जाने स्थिति बिकसित हुन सकिरहेको छैन । परिणामतः यी शब्दहरुको आजकल सही अर्थ लाग्न छोडेर ती निरर्थक बन्न गएका छन् । त्यसले गर्दा आज थल, चर, नभ सर्बत्र खतरै खतरा मडारिइरहेको छ ।
जबसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थततन्त्रलाई भ्रष्ट र अगस्थी प्रवृत्तिबाट मुक्त गर्न सकिदैन त्यसबेलासम्म पराधिनताको पासोबाट पनि देश मुक्त हुन सक्दैन र बिपन्न वर्गले न्याय, समानता र सुनिश्चित भविष्य पाउने कुरा पनि एउटा खोक्रो र उधारो कुरा अर्थात् ‘मृग मरीचिका’ बाहेक अरु केही हुँदैन ।
आज विश्वमा बिज्ञान र प्रबिधिको अपूर्व र उच्चतम् विकासले पृथ्वीवासी हामी मानिसको जीवनलाई जति सहज, शान्त र सुखमय तुल्याउने भूमिका खेल्न सक्छ र सक्नु पर्छ त्यसो हुन सकिरहेको छैन । २१औं शताब्दी पनि विश्वका लागि अत्यन्तै चूनौतिपूर्ण र खतरनाक बन्दै गएको छ । विश्व मानब समुदाय आज पनि हुने खाने र हुँदा खाने जस्तो घोर अमानबीय र अत्यन्तै बिषमताका बीचबाट गुज्रिरहेको छ । वास्तवमा आज फ्रान्सेली क्रान्ति र महान अक्टोबर समाजवादी क्रान्तिबाट मानब समाजले प्राप्त गरेका अभूतपूर्ब उपलब्धीहरुलाई निरर्थक साबित गर्न र संसारलाई पुरानै यथास्थितिमा चलाउने अनेक दाउपेच र षडयन्त्रहरुको चक्रब्यूहमा फँसाइएको छ र दिनानुदिन खतरा अझ बढ्दै गएको प्रतीत हुन्छ ।
यस्तो प्रकारको प्रकृति र मानब समाजघाती दुष्चक्रब्यूहलाई तोड्न र भ्रष्टाचाररहीत न्याय, समानता र सुनिश्चित भविष्य भावी पिढीलाई छोड्नका निमित्त आज विश्व मानब समुदाय खाशगरी शोषण, अन्याय, थिचोमिचो, दमन र दबाबमा परेका अत्याधिक ठूलो जन समुदाय जागरुप, सचेत, संगठित र संघर्षशील बन्नुको कुनै बिकल्प छैन । त्यसैल आज भ्रष्टचार, तस्करी, कालोबजारी, माफियागिरी र कमिशनखोरीको बर्चश्वबाट मुक्त गर्न ब्यापक, संगठित र सशक्त आवाज उठाउन सिक्नु र सक्नु पर्दछ ।
जबसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थततन्त्रलाई भ्रष्ट र अगस्थी प्रवृत्तिबाट मुक्त गर्न सकिदैन त्यसबेलासम्म पराधिनताको पासोबाट पनि देश मुक्त हुन सक्दैन र बिपन्न वर्गले न्याय, समानता र सुनिश्चित भविष्य पाउने कुरा पनि एउटा खोक्रो र उधारो कुरा अर्थात् ‘मृग मरीचिका’ बाहेक अरु केही हुँदैन । त्यसैले आज ठाउँ सबै क्षेत्रबाट भ्रष्टाचार बिरोधी लडाई लड्नु पर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय लडाई पनि बनेको छ । यसको लागि अर्थ–राजनीतिक तथा समाजिक संरचना नै बदल्नु पर्ने स्थितिसम्मको उच्चाईमा यो आन्दोलनलाई बिकसित गर्नु आवश्यक छ ।
Source:khabarhub.com