भर्चुअल रुपमा दिगो विकास लक्ष्यको प्रगतिबारे प्रदेशस्तरिय छलफल

पालिका संचारकर्मी
१० श्रावण २०७८, आईतवार ०७:२५

मकवानपुर । दिगो विकासको लक्ष्यको प्रगतिबारे भर्चुअल रुपमा बागमती प्रदेश स्तरिय छलफल गरिएको छ ।

दिगो विकाश लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमति प्रदेशको आयोजनामा भएको कार्यक्रममा बालकल्याण समाजका अध्यक्ष एवं दिगो विकास लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमती प्रदे का संयोजक प्रकाश खतिवडाको अध्यक्षता एवं सहजीकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा दिगो विकास लक्ष्य राष्ट्रिय संजाल नेपालका राष्ट्रिय संयोजक दयासागर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै दिगो विकासका अवधारणा, यसका १७ बटा लक्ष्य, परिणत्मक लक्ष्य, सूचकहरु, दिगो विकास लक्ष्यको महत्व, दिगो विकाश एजेण्डाको कायान्वयन कसरी गर्न सकिन्छ, हालसम्मको यसको प्रगति समिक्षा, प्रकाशित पुस्तक कार्यपत्रहरु, संयुक्त राष्ट्रसंघ अनुसार मुख्य समूह र हिस्सेदारहरु, को–को पछाडी परेका छन् ? कोभिड १९ ले पारेको प्रभावका बारेमा स्पष्ट पारेका थिए ।

प्यानलिष्टको रुपमा रहेका ईन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतम, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश ईन्चार्ज बुद्धशरण लामा, गैर सरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष दामोदर अर्याल, महिला अधिकारकर्मी एवं राजनितीमा महिलाको सुनिश्चितता गर्ने अभियानको अभियन्ता सरस्वती बर्तौला, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष एवं सरकारी आन्दोलनको अभियन्ता कल्पना श्रेष्ठ लगायतले दिगो विकास लक्ष्य प्राप्तीका लागि सरकार र नागरिक समाजको सहकार्य आवश्यकता रहेको, स्थानीय तह अझ वडा–वडामा दिगो विकाश लक्ष्य प्राप्तीको लागि कार्यक्रम हुनुपर्ने, दिगो विकाश लक्ष्यको भएका उपलब्धि, मूल्याङ्कन र विश्लेषण हुनुपर्ने कुरामा जोड दिईएको थियो । कार्यक्रममा दोभाषेको रुपमा सरस्वती कटुवाल र रिपोटिङ बाल कल्याण समाजका सचिव एवं मेन ईन्गेज एलायन्स मकवानपुरका सचिव कमल फुयालले गरेका थिए ।

कार्यक्रममा सहभागी नागरिक समाज मन्चका अध्यक्ष एवं गैसस महासंघ मकवानपुुरका उपाध्यक्ष रमिला सापकोटा, बालकल्याण समाजको उपाध्यक्ष मालती विश्वकर्मा, कानूनी अधिकारकर्मी अधिवक्ता अप्सरा बस्नेत, मामाघर नेपालका अर्पन पराजुली, एनएसिजी नेपालका कार्यालय प्रमुख नुरजंग शाह, डेक नेपालका मानबहादुर वाईवा, हिमराईट्सका कुमारी वाईवा, शान्ति फाउन्डेशनकी सिता गुरुङ, ग्रामीण महिला सेवा केन्द्रका दीप न्यौपाने, सिविनको झविन्द्र ज्ञवाली, गोबिन्दपसाद्र सापकोटा, त्रिलोकचन्द्र विश्वास, नवराज पहाडी, खेटराज अधिकारी लगायतले दिगो विकासको सवालमा प्रदेश सरकार र स्थानीय सरकारको कार्यक्रमको प्रभावकारिता, सरकारका सबल र सुधार गर्नुपर्ने पक्षहरु, दिगो लक्ष्य पूरा गर्न प्रदेश र स्थानीय सरकार बिचको समन्वय र सहकार्यको अवस्था, प्रदेश र स्थानीय तहमा नागरिक संस्थाहरुको सहभागिता र पारदर्शिता, भौतिक विकास र सामाजिक विकाशको अवस्थाको विश्लेषण, कोभिड १९ लाई परास्त गर्न प्रदेश सरकार र स्थानीय सरकारले गरेको राम्रो प्रयास र सुधार गर्नुपर्ने कुराहरुका बारेमा छलफल भएको थियो ।

दिगो विकाश लक्ष्यले कसैलाई पछाडीनपारौं भन्ने बाचा गरिएको, आवाज विहीनहरुको आवाज समेटिएको र सरकारले समेत अपनत्व लिएको महत्वपूर्ण दस्ताबेज रहेको बाल कल्याण समाजका अध्यक्ष एबं दिगो बिकाश लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमति प्रदेशका संयोजक प्रकाश खतिवडाले बताए । खतिवडाले दिगो विकास लक्ष्य अनुरुप स्थानीय पालिकाले सोचे अनुरुप प्रभावकारी कार्यान्वय हुन नसकिरहेको अवस्थामा नागरिक समाजले खबरदरी गर्न आव्हान पनि गरे ।