पत्रकार बसन्त पराजुलीको ‘कुमाता’ को तेस्रो संस्करण बजारमा

पालिका संचारकर्मी
१७ श्रावण २०७८, आईतवार २०:०२

भरपुर । पत्रकार बसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण बजारमा आएको छ । २०७६ सालको फागुनमा प्रकाशन भएको कुमाता कथा सग्रह प्रकाशन भएको डेड वर्षमा तेस्रो संस्करण प्रकाशन गरेको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको थियो ।

भुँडिपुराँण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमता कथासङ्ग्रहको तेस्रो संस्करणमा कभर परिवर्तन गर्नुका साथै कुमाता माथि विज्ञ समिक्षकहरुले गरेका समिक्षाका सारशंलाई पनि समेटिएको कथाकार पराजुलीले जानकारी दिए ।

सामाजिक विषयवस्तुमा आधारित कथाहरु समेटिएको कुमातामा गरिबी, बैदेशिक रोजगारी , प्रेम,विश्वास,यौन,धोका,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका कारण पाठकहरुले कृतिलाइ मन पराएकाले छोटो समयमै तेस्रो संस्करण प्रकाशनमा पुगेको लेखक पराजुलीको भनाई छ ।

कुमाता कथासङग्रहमा १० वटा कथामा ११६ पेज रहेको छ । कथासङग्रहको मूल्य दुई सय रुपियाँ छ । तेस्रो संस्करण प्रकाशनको अवसरमा सम्पूर्ण किताव नारायणढको आयोजनामा आइतवार नारायणगढमा पुस्तक माथि परिचर्चा गरिएको छ ।

पुस्तकमाथि चर्चा गर्दै अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डित, समिक्षक डा. एकनारायण पौडेल, समिक्षक उदय अधिकारी, लेखक मिनराज वसन्त, लेखक निर्दोष जीवन, पत्रकार रमेशकुमार पौडेल, पत्रकार तुलमान गुरुङ, पत्रकार रामकान्त पौडेल, विवेक पोख्रेल, सूर्य कंडेल लगायतले कुमाता सामाजिक विषय वस्तुमा केन्द्रित रहेर पाठकहरुले मन पराएको उल्लेख गरे ।

सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम साकोटाको संयोजकत्वमा कार्यक्रम भएको हो ।