हेटौंडाको सडकहरुमा नो पार्किङमा पनि पार्किङ, ट्राफिक प्रहरी मौँन (फोटो फिचर)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अझै व्यवस्थित पार्किङ हुन सकेको छैन् । सडकहरुमा अव्यवस्थित पार्किङ भएका कारण पैदाल यात्रु तथा अन्य सवारीलाई आवत-जावतमा समस्या भएको गुनासो छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित अजर अमररोडमा नो पार्किङ लेखिएता पनि दुवै तिर पार्किङ भएको देखिन्छ । ट्राफिक प्रहरीहरुले पनि देखेर न देखे झै गरेको गुनोस छ।ट्राफिक प्रहरीले भन्छन् अहिले साँघुरो सडकका कारण व्यवस्थित पार्किङ छैन । पछिल्लो समय हेटौंडा बजारमा भित्रिएका अटो तथा विद्युतीय रिक्साका कारण चुनौतीको विषय रहेको छ। साना सवारीसाधन अटो तथा विद्युतीय रिक्साले आम सर्वसाधारणको दैनिकीलाई सहज बनाएको तर अव्यवस्थित पार्किङका कारण यात्रुलाई समस्या भएको बताए।प्रहरीले भन्छन् हाम्रो जनशक्तिको पनि कमि रहेको छ । तर, हामिले मात्रै पार्किङ व्यवस्थापन गर्न नसकिने बताउँदै सर्वसाधारणले पनि विना वर्दीको प्रहरीको भूमिका खेलेमा पार्किङ व्यवस्थापनमा सजिलो हुने छ। सबैले आ आफ्नो जिम्मेवारी बुझेर काम गर्यो भने यो समस्याको समाधान छिटो हुने छ।सोही स्थानका एक पसलवालाले भन्छन् यहाँ स्थानीय सरकारले पनि पार्किङको व्यवस्था न गरेका कारणले यस्तो समस्याहरु भएका छन्। हाम्रो पसलमा आउने सेवाग्राहीले पनि हामीलाई नै गुनासो गर्छ । उनका अनुसार पार्किङ क्षेत्रको सुधार भएमा हामीलाई पनि पसल संचालन गर्न अलि सहज हुनेछ । यो समस्या तर्फ सरोकारवालाको ध्यान नपुगेर हो की ? कहिले यो समस्याबाट हामी छुटकारा पाउँने होला ? भनेर प्रश्न गरेका छन् । लोकखबर अनलाईमा समाचार छ ।