हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन, एमसीसी खारेज गर्नुपर्ने माग

पालिका संचारकर्मी
१ फाल्गुन २०७८, आईतवार २०:४६

मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज आइतबार हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन गरिएको छ ।

हेटौंडाको शितलमहल चोकबाट सुरु भएको प्रदर्शन बुद्दचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो ।

सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । पन्तले केपी ओली सरकारले संसदबाट पास गर्नुपर्ने सम्झौता गरेर एमसीसी रास्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए ।
यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिए ।

विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

युवासंघ केन्द्रीय सचिवालय सदस्य एवं संघ मकवानपुर इन्चार्ज प्रकाश बानियाको विरोध अध्यक्षतामा भएको कार्यक्रम अनेरास्ववियुको मकवानपुरका सचिव आकाश अधिकारीले संचालन गरेका हुन् ।