कुमार रुम्बा बने प्रगतिशील शिक्षक संगठन मकवानपुरको अध्यक्ष

पालिका संचारकर्मी
२२ फाल्गुन २०७८, आईतवार ०७:२३

मकवानपुर । प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठन मकवानपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले कुमार रूम्बाको अध्यक्षतामा ३१ सदस्यीय प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठनको जिल्ला समिति गठन गरेको छ ।

समितीको महिला उपाध्यक्षमा प्रमिता सिग्देल,उपाध्यक्षमा बद्री गौतम,सचिवमा मुकेश मिश्र,कोषाध्यक्षमा स्याम बस्नेत रहेका छन् ।
यस्तै, सदस्यहरूम टेकराज सापकोटा, सीता धिताल,सम्झना लामा बल,रोजिना पौडेल, रोजन घिमिरे, अभिषेक दहाल,सम्झना रसाइली,दिपेस्वर गौतम,जमुना लामा,कान्छाराम लामा, पासाङ लामा, सरोज तामाङ, सरू रूम्बा, लक्ष्मी तिमल्सिना,सञ्जय राना, सृजना राई, ताराकुमारी आचार्य,जयन्ती कुँवर, सम्झना लामा, प्रेम कुशमी, गौतम थापा ,सुर्दशन पुडासैनी, सनित्रा चेपाङ, कुमार घिसिङ, रमा पुडासैनी, विष्णु वाईवा ,मन्जली लामा चयन चयन भएका छन् ।

प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला भेला आयोजक कमिटीका संयोजक कुमार रूम्बाको अध्यक्षतामा भएको जिल्ला भेलामा नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सदस्य यादव गजुरेल, मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष मीना लामा,सचिव विष्णु दहाल,सचिवालय सदस्य खड्ग पुलामी, प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टोम प्रसाद काफ्ले, केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डे,केन्द्रीय सचिव पुरूषोत्तम आचार्य, केन्द्रीय सदस्य मनबहादुर स्याङ्तान,केशर लामा, हरिप्रसाद पाठक, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना, प्रदेश सदस्य गिता सन्जेल, पेसागत महासंघ मकवानपुरका उपाध्यक्ष मधुसूदन अधिकारी, अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष गोकुल लम्साल, जिल्ला सदस्य यादव अधिकारी लगायतको उपस्थिति थियो ।

जिल्ला भेलाले किरणकुमार रेग्मी मगरको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिका कमिटी र ठूलीमैया बलामीको अध्यक्षतामा इन्द्रसरोवर गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको महिला उपाध्यक्ष शान्ति लामा,सचिव रामकृष्ण बलामी,कोषाध्यक्षमा सुमित्रा गोले, कार्यसमिति सदस्यहरूमा रामकुमार अधिकारी, मिलन रेग्मी,रजनी रूचाल मगर, विनिता बलामी,सपना दहाल,बिनाकुमारी शर्मा,गोकणसिंह क्षेत्री रहेका छन् ।