पालिका संचार दोस्रो वर्षमा, सहयोगीप्रति आभार
पालिका संचार प्रा.लि.को प्रकाशनमा गत वर्ष २०७८ वैशाख १ गतेका दिनबाट पालिका संचार डटकम अनलाइन पत्रिकाको सुभारम्भ भएको थियो ।
एक वर्षकाबीच हाम्रो पत्रकारिताको यात्राले आशातीत सफलता हात पार्न पक्कै सकेन । विभिन्न क्षेत्रमा झैं मिडियामा पनि कोभिडको माहामारी खेप्नुपर्ने बाध्यता थियो । र, त्यो बाध्यतामा हामीले चुनौतीका बीच पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा आफ्नो यात्रालाई अघि बढाइरहेका छौं । यो अनवरत यात्राको सृङ्खलालाई अगाडी बढाउँन पाउँदा हामी औधी खुशी छौं । पालिका संचार प्रा.लि.को टिमले अनलाइन पत्रिका पालिका संचारलाई व्यवस्थित व्यवस्थापन गरी अघि बढीरहेको तपाईलाई सुनाउँन पाउँदा हामी खुशी छौं । यो यात्रासम्म आइपुग्न अत्यन्त महत्वपूर्ण साथ दिनेहरुप्रति आभार व्यक्त गर्न चाहान्छौं । हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकप्रति हामी अनुग्रहित रहनेछौं ।
संचारमाध्यमको कर्म, धर्म सही सूचना सम्प्रेषण हो । त्यो कर्मयात्रामा पालिका संचारको पाइला अग्रसर भइराख्ने प्रण गर्दछौं । नयाँ वर्ष २०७९ को सबै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
सन्दीप कुमार सापकोटा
अध्यक्ष, प्रबन्ध निर्देशक, सम्पादक, पालिका संचार प्रा.लि.