नगरपालिकाको भित्तोमा प्रधानमन्त्री मुन्तिर, एमाले अध्यक्ष माथितिर

पालिका संचारकर्मी
२६ जेष्ठ २०७९, बिहीबार १३:१७

 

 

तनहुँ । तनहुँको भिमाद नगरपालिकाका प्रमुखको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकोभन्दा मुन्तिर झुण्डाइएको छ । प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा संसदमा विपक्षी दलका नेताको फोटो पनि झुण्डाइएको हो ।

सरकारी कार्यालय तथा निकायमा राष्ट्रपति र प्रधानमन्त्रीको फोट राख्ने प्रचलन थालिए पनि राजनीतिक पार्टीका अध्यक्षको तस्बिर राख्नुले अर्कै अर्थ लगाएको हो । प्रमुखको कार्यकक्षमा माथि राष्ट्रपति विद्यादेवी भण्डारी त्यसपछि एमाले अध्यक्ष ओली र पुछारमा प्रधानमन्त्रीको तस्बिर राखिएको हो ।

सुवेदी एमालेको तर्फबाट जनप्रतिनिधि चुनिएका हुन् । उनले यसअघिका प्रमुखले नै त्यसरी फोटो झुण्डाएको बताएका छन् । तर अरुले प्रधानमन्त्री देउवाको अपमान गरिएको भन्दै आलोचना गरेका छन् ।

तनहुँका काँग्रेसीहरुले भने नगर प्रमुखले आलोकाँचो जवाफ दिएर एमाले र पार्टी अध्यक्षप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् ।