बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड पुग्यो
मकवानपुर । बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड पुगेको छ । प्रदेश सरकारको बितेको आर्थिक वर्ष सम्मको बेरुजु रकम २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । प्रदेश सरकारको बितेको आर्थिक वर्षमा मात्र एक अर्ब ९ करोड ४४ लाख १० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
बितेको आर्थिक वर्षमा बिभीन्न मन्त्रालय र मातहतका कार्यालयहरुमा बडी बेरुजु देखा परेको हो । बडी बेरुजु रहेका मन्त्रालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मातहतका कार्यालयहरु रहेका छन् ।