मोरङ कारागारमा कोरोना फैलियो, एक कैदीबन्दीको मृत्यु

पालिका संचारकर्मी
३१ असार २०७९, शुक्रबार १२:०६

मोरङ । कोरोना संक्रमणका कारण मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार कोरोना संक्रमित भएपछि कोसी अस्पतालमा उपचाररत रहेका सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

कारागारमा रहेका कैदीहरुको एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको अहिले कोसी अस्पतालमा उपचार भैरहेको छ ।