हुम्लाको खार्पुनाथ पहिलो साक्षर गाउँपालिका घोषित
सिमकोट । जिल्लाका सात वटा मध्य पहिलो पटक खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ।
साक्षर घोषित हुनका लागि तय भएका सुचकहरु पार भएको कारण खार्पुनाथलाई साक्षर घोषणा गरिएको हो।
साक्षर हुन राज्यद्धारा तोकिएका १२ वटा मापदण्ड मध्य अधिकांस पूरा भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।
एक कार्यक्रमकाबिच खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए।
जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले गाउँपालिका साक्षर भएको घोषणा गरेका हुन्।
१५ देखि ६६० वर्ष माथिका चार हजार १५६ जनसंख्या मध्य तीन हजार ९६९ जनसंख्या साक्षेर भएको घोषण गरिएको थियो।
उनले अब गाउँपालिका भरिको साक्षर जनसंख्या ९५ दशमलव पाँच प्रतिशत रहेको जानकारी दिए। खार्पुनाथमा एक हजार ४३४ घरधुरीमा सात हजार १०२ जनसंख्या रहेको छ।
साक्षर हुन सफल भएको ब्यक्तिले परिवारको नाम लेखपढ गर्न, एक देखि नौ अंक लेख्न्, मोवाईल र क्याल्कुुलेटर चलाउन सक्ने, एकदेखि १०० सम्मका अंक गणना गर्न सक्ने, भित्ते पात्रो पढ्न सक्ने लगाएत भएको घोषणा कार्यक्रममा जानकारी गरिएको थियो।
त्यसैगरी कार्यक्रममा साक्षर कार्यक्रमलाई सफल तुल्याउन सबै जनप्रतिनिधिहरुले हस्ताक्षर समेत गरेका थिए।
गत पुस महिनाबाट गाउँपालिकालाई साक्षर गर्नका लागि तयारी कक्षाहरु समेत सञ्चालन गरिएका थिए।