बाँकेमा थप १० जनामा कोरोना पुष्टि

पालिका संचारकर्मी
१६ श्रावण २०७९, सोमबार १४:४२

 

नेपालगञ्ज । बाँकेमा एकैदिन १० जनामा कोरोना पुष्टि भएको छ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा आठ जना र जमुनाहा नाकामा दुई जना गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

भेरीमा कोरोना पुष्टि भएकामध्ये चार जना बाँके जिल्ला निवासी छन् भने चार जना बाहिरी जिल्लाका छन्।

बाँकेमा अहिले ४३ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।