डुबान क्षेत्रको निरीक्षणमा निस्किइन मेयर रेणु दाहाल

पालिका संचारकर्मी
१७ श्रावण २०७९, मंगलवार १५:३०

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल डुबान क्षेत्रको निरीक्षणमा निस्केकी छन् । दुई दिनदेखि परेको अविरल वर्षाले भरतपुरका धेरै क्षेत्र डुबानमा परेपछि मेयर दाहाल त्यस क्षेत्रको निरीक्षणमा निस्केकी हुन् ।

डुबान क्षेत्रको निरीक्षणका क्रममा मेयर दाहालले डुबानको समस्या समाधान लागि महानगरपालिकाले गुरुयोजना निर्माण गरिरहेको जानकारी दिएकी छन् । महानगरपालिकाले आकाशे पानीलाई व्यवस्थापन गर्न एकै पटकमा २९ वटै वडाको गुरुयोजना निर्माण गरिरहेको उनको भनाइ छ ।