सिलीचोङले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने
संखुवासभा । सिलीचोङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । पालिकाले कक्षा १ र २ को स्थानीय पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष देविता कुलुङका अनुसार कक्षा १ र २ को स्थानीय पाठ्यक्रम समयअनुसार परिमार्जन गर्नुपर्छ । त्यसैले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमबाट पाठ्यक्रम परिमार्जन गर्न लागेको उपाध्यक्ष कुलुङले बताइन् । पालिकाको नीति तथा कार्यक्रममा सो योजना अगाडि सारिएको हो ।
गाउँपालिकामा ३७ वटा विद्यालय छन् । तीमध्ये २४ वटा विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा कुलुङ भाषाको पढाइ भइरहेको उनको भनाइ छ । उपाध्यक्ष कुलुङका अनुसार हाल कक्षा ६ सम्म स्थानीय पाठ्यक्रम पठनपाठनको काम भइरेहको छ ।