घटस्थापना सुरु भएपछि हेटौंडामा २ दिन मात्र नयाँ नोट साट्न पाइने

पालिका संचारकर्मी
३० भाद्र २०७९, बिहीबार १५:४६

 

 

मकवानपुर । हेटौंडामा २ दिन मात्र नयाँ नोट साट्न पाइने भएको छ । नेपाल बैंक लिमिटेड हेटौंडामा आगामी असोज ११ र १२ गते नयाँ नोट साटिने जनाएको छ ।

आगामी असोज १९ गते विजया दशमी(दशैं टीका) का लागि नेपाल बैंक हेटौंडाले घटस्थापना सुरु भएपछि मात्र नयाँ नोट साट्ने निर्णय गरेको छ । नेपाल बैंकमा ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ, १०० रुपैयाँ, ५ सय रुपैयाँ र १००० रुपैयाँको नयाँ नोट साटिने बताईएको छ ।