५८ वर्षीया अशक्त महिलालाई ह्वील चेयर हस्तान्तरण
मकवानपुर । लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सले एक अशक्त एवम् असहाय महिलालाई ह्वील चेयर सहयोग गरेको छ ।
लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा उपमहानगरपालिका वडा नं १३ स्थित एक कार्यक्रम आयोजना गरेर ५८ वर्षीया ताराकुमारी लामालाई ह्वील चेयर हस्तान्तरण गरेको हो ।
हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक लायन रमेश अग्रवाल,डिस्ट्रीट गर्भनर अमरबहादुर श्रेष्ठ,प्रथम भाइस डिस्ट्रीट गर्भनर डिएन अग्रवाल लगायत लायन्स लिडरहरुको उपस्थिती थियो ।
विगत ५ वर्षदेखी थलिएर रहेको ताराकुमारी लामालाई निजको घरमा पुगेर ह्विल चियर प्रदान गर्ने क्रममा भावविव्हल बन्न पुगेकी थिइन । हालसम्म कसैको यस्तो किसिमको सहयोग र माया नपाएको उनको गुनासो थियो ।
स्थानिय तथा लायन्स सरस्वती ब्लोनको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लायन हरीहर खतिवडा गरेका थिए भने तथा कल्बका पुर्व अध्यक्ष प्रविण मैनालीको सक्रियतामा कार्यक्रम गरिएको थियो ।