दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका मैनालीको उपचारको क्रममा मृत्यु
मकवानपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडा-४ बस्ने २८ वर्षीय अमृत मैनालीको उपचारको क्रममा मृत्यु भएको छ ।
गएको २८ भदौमा हेटौंडा-५ शान्तिनगरस्थित भित्री सडकखण्डमा ना ४३ प ८२६८ नंबरको मोटसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मैनाली गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि सोही दिन चितवनको भरतपुर लगिएको थियो । उनको उपचारको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।