गृह मन्त्रालयमा मेरो दाबी छ – रवि लामिछाने

पालिका संचारकर्मी
११ पुष २०७९, सोमबार १४:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको बताएका छन् ।

आज बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् ।

आज सानो आकारको मन्त्रिमण्डलमात्र बन्ने र मन्त्रालयको भागवण्डा पछि टुङ्गिने उनले बताए ।