प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि
काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.१९ अंकले वृद्धि भएको छ । यससँगै २० कम्पनीको २२ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ९ लाख बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी ओरालो लागेको छ । ३ कम्पनी स्थिर छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनीको सामान्य वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।