विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गर्दै संसदमा मौन धारण

पालिका संचारकर्मी
५ माघ २०७९, बिहीबार १५:५३

काठमाडौं । प्रतिनिधिसभाले गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनमा निधन भएकाको आत्माको चीरशान्तिको कामना गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।