इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

पालिका संचारकर्मी
६ माघ २०७९, शुक्रबार ११:२०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । झापाकी मगर समानुपातिक सांसद हुन् ।

यसअघि उपसभामुखमा सोविता गौतमको चर्चा थियो । तर गौतम प्रस्ताव रहेर उक्त निर्णय भएको महामन्त्री ढकालले बताए ।