नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने
मुगु । मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण भएका अवैध टहरा भत्काउन पटक पटक सार्वजनिक सूचना निकाल्यो । तर, यसलाई सम्बन्धित् पक्षले भने अस्वीकार गर्दै आएका छन् ।
नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको छैन ।
सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगर प्रमुखदेखि अहिले जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका छन् । तर, नगरपालिका सूचना निकाल्ने र बजारवासी अवज्ञा गर्ने कार्यले भने निरन्तरता पाएको छ ।
सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भयाङ , छत लगायत अन्य अव्यवस्थित संरचना हटाउन नगरपालिका तातेको छ । गत सोमबार सरोकारवाला निकायसँग छलफल गर्दै नगरपालिकाले चाँडै अव्यवस्थित रुपमा रहेका घरका टहरा, छत, भर्याङल, पाइप, तार, पोलहरु व्यवस्थित गर्न नगरपालिकाले आग्रह गरेको नगरप्रमुख विष्णुकुमार भामले बताए ।
उनका अनुसार अब अव्यवस्थित रुपमा रहका सरकारी संरचना, कालिका मालिका मन्दिरमा रहेका संरचनाहरु हटाउने नगर प्रमुख भामको भनाई छ ।
जथाभावी रुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरुप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताए ।