नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ

पालिका संचारकर्मी
१९ माघ २०७९, बिहीबार १५:३६

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।

कैलाली जिल्ला अदालतले १० वर्षअघि ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । त्यो फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको डीआईजी पोखरेलले बताए ।

चौधरी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।