राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसले माओवादीकी अर्याललाई समर्थन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने देखिएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।
राष्ट्रियसभामा हाल ५८ सांसद छन् । अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनले उपाध्यक्ष जित्न सक्छन् ।