रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

पालिका संचारकर्मी
२२ माघ २०७९, आईतवार १३:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् । आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्रीलाई गृहमन्त्रीबारे निर्णय गर्न दिएको दुई दिनको अल्टिमेटम सकिएका बेला उनी बालुवाटार पुगेका हुन् ।