राजनीतिक दलका सचेतकसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

पालिका संचारकर्मी
२३ माघ २०७९, सोमबार ११:०१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरिरहेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लागि बोलाइएको बैठकमा सबै राजनीतिक दलका सचेतकहरू उपस्थिति छन्। मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायत पनि छलफलमा सहभागी छन् ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिन बैठक बोलाइएको जनाइएको छ।a