पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमा समावेश
काठमाडौँ। सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको बताएकी छन् ।
२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
सरकारले गत पुस २७ र फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।