पुनः सञ्चालनमा आयो डिल्लीबजारको भोजन गृह

पालिका संचारकर्मी
११ फाल्गुन २०७९, बिहीबार १५:५७

काठमाडौं । डिल्लीबजारस्थित चर्चित भोजन गृह पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि बन्द भएको भोजन गृह मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याएको वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेतले जानकारी दिए ।

भोजन गृहले आन्तरिक पर्यटकलाई लक्षित गरी सेवा दिइरहेको उनको भनाई छ । यहाँ विदेशी नागरिकका लागि ४ हजार रुपैयाँ र नेपालीलाई २९ सय रुपैयाँमा प्याकेज सेवा दिइरहेको छ । जसमा मौलिक संगित, रैथाने नेपाली खाना र ग्रामिण वातावरणको अनुभव लिन सकिन्छ ।

भोजन गृहले एकसाथ २ सय जनालाई सेवा दिन सक्छ । अहिले तत्कालका लागि भने ८० जनालाई सेवा दिने गरी सञ्चालनमा ल्याइएको बस्नेतले बताए ।