सबै सहकारीलाई एउटै टोकरीमा राखेर हेर्न मिल्दैन – सहकारीमन्त्री राई

पालिका संचारकर्मी
१४ फाल्गुन २०७९, आईतवार १६:१२

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सबै सहकारीलाई एउटै टोकरीमा राखेर हेर्न नमिल्ने बताएका छन् ।

आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान)ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सबै सहकारी एउटै नभएको भन्दै सबैलाई एकै टोकरीमा राख्न नहुने बताएका हुन् ।

केही लोभले गर्दा सहकारीमा अहिलेको अवस्था आएको भन्दै यस्ता कार्यहरुलाई रोक्नका लागि गलत गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । अहिले देशको अर्थतन्त्र कमजोर रहेको भन्दै सबै मिलेर अहिलेको समस्या समाधान गर्नु पर्ने उनले बताए ।